सोमबार, भदौ १५, २०८३

युरोपमा बल्झियो कोरोना, फेरि लकडाउन र कर्फ्यू

डब्लुएचओकी प्रवक्ता डा. मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, बेलायत, द नेदरल्याण्ड्स र रुसमा बढी संक्रमित देखिएको र संक्रमित एक तिहाइले वृद्धि भएको बताएकी छन्।
 |  बिहीबार, कात्तिक १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १३, २०७७

कोरोना भाइरस महामारीले आक्रान्त बनेर नियन्त्रणमा आउन थालेको युरोपमा संक्रमण फेरि बल्झिएको छ। थुप्रै युरोपेली मुलुकमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ। 

दोस्रो लहरको संक्रमणसँगै विभिन्न मुलुकले लकडाउनजस्तो कडा प्रतिबन्धात्मक कदम उठाउन थालेका छन्।

फ्रान्समा राष्ट्रपति इम्यानुएल म्यांक्रोले देशव्यापी लकडाउन घोषणा गरेका छन्। दोस्रो चरणको यो लकडाउन कम्तीमा नोभेम्बर महिनाभरि रहनेछ। 

कोभिड–१९ संक्रमण र त्यसबाट हुने मृत्यु फ्रान्समा अहिले गएको अप्रिलपछि उच्चस्तरमा पुगेको छ। मंगलबार त्यहाँ ३० हजार नयाँ संक्रमित थपिएका छन्।

राष्ट्रपति म्यांक्रोले देशवासीलाई सम्बोधन गर्दै भनेका छन्, ‘कोरोनाको दोस्रो लहर खतराको स्तरमा पुगिसकेको छ। यो पहिलोभन्दा अझ घातक हुनेवाला छ।’ 
फ्रान्समा अस्पतालका सबै आईसीयू बेड कोरोनाका बिरामीले भरिएको बताइएको छ। 

उता जर्मन चान्सलर एन्जेला मर्केलले पनि कोरोनाको दोस्रो लहर रोक्न कडा कदम उठाउनुपर्ने बताएकी छन्।

त्यसैगरी स्पेनमा कोरोना भाइरसको दोस्रो लहरले दुःख दिन थालेपछि सरकारले आपतकाल घोषणा गरेको छ। कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेसँगै सरकारले यस्तो कदम चालेको हो। 

आपतकाल घोषणासँगै त्यहाँ रात्रिकालीन कर्फ्यू लागू भएको छ। यसअनुसार राति ११ देखि बिहान ६ बजेसम्म हिँडडुल गर्न पाइनेछैन।

स्पेनमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ भने साढे ३४ हजारको ज्यान गएको छ ।

इटालीमा पनि बिहीबारदेखि नयाँ प्रतिबन्धहरुको घोषणा गरिएको छ। कोरोनाले गर्दा स्वास्थ्य सेवाको बोझ बढेको भन्दै सरकारले यस्तो कदम चालेको हो। 
रुसमा भीडभाड हुने सबै स्थानमा मास्क लगाउन अनिवार्य गरिएको छ।

बेल्जियममा अस्पतालहरूमा संक्रमित बढेपछि संक्रमित चिकित्सकहरूलाई पनि काममा आउन भनिएको छ।

उता, विश्व स्वास्थ्य संगठनले पछिल्ला दिनमा युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या झण्डै ४० प्रतिशतले वृद्धि भएको बताएको छ। कोरोनाबाट मृत्यु हुने संख्या गत साताको तुलनामा झण्डै ४० प्रतिशतले बढेको डब्लुएचओको भनाइ छ।

डब्लुएचओकी प्रवक्ता डा. मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, बेलायत, द नेदरल्याण्ड्स र रुसमा बढी संक्रमित देखिएको र संक्रमित एक तिहाइले वृद्धि भएको बताएकी छन्।

थुप्रै युरोपेली देशहरूमा लगाइएका नयाँ प्रतिबन्धहरू कति प्रभावकारी भए भन्ने कुराको विश्लेषण दुई सातामा मात्रै गर्न सकिने उनको भनाइ छ।

प्रकाशित: Oct 29, 2020| 01:12 बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।