सोमबार, भदौ १५, २०८३

तनहुँमा २४० तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण

जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २४०  तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरेको छ।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

दमौली- जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २४०  तिब्बती शरणार्थीको परिचयपत्र नवीकरण गरेको छ। 

जिल्ला प्रशासन कार्यालय तनहुँबाट तिब्बती शरणार्थी परिचयपत्र लिएकामध्ये असोज मसान्तसम्म २४० जनाको परिचयपत्र नवीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रशासन कार्यालयबाट तिब्बती शरणार्थीको परिचयपत्र लिनेको सङ्ख्या ३२० छ। तिब्बती शरणार्थी वर्षौंदेखि शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित तिब्बतीयन क्याम्पमा बसोबास गर्दै आएका छन्। कार्यालयले नयाँ परिचयपत्र भने वितरण नगरेको जनाएको छ।

प्रकाशित: Oct 28, 2020| 14:32 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।