सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नियम उल्लंघन गरेर ट्राफिकलाई पैसा दिन खोज्ने आठ जनामाथि कारबाही

नियम उल्लंघन गरेर ट्राफिकलाई पैसा दिन खोज्ने आठ जनामाथि कारबाही

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारी चालक तथा सहचालक आफैं कारबाहीमा परेका छन्। 
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

काठमाडौं-  ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारी चालक तथा सहचालक आफैं कारबाहीमा परेका छन्। 
दसैंका अवधिमा सवारी नियम उल्लंघनविरुद्ध चलाइएको कारबाही अभियानका क्रममा नियम उल्लंघन गर्ने उनीहरुले प्रहरीलाई नै पैसा दिन खोजेपछि  कारबाही गरिएको छ । 
यसरी कारबाहीमा पर्नेमा आठ सवारी चालक तथा सहचालक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 
कारबाहीमा पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, विक्रम तामाङ, प्रेमबहादुर तामाङ, खड्गबहादुर सुनुवार, अभिक आचार्य र अविन शाही  छन्। उनीहरुले सवारी नियम उल्लंघन गरेपछि कारबाही गर्न खोज्ने ट्राफिक प्रहरीलाई ५०० देखि तीन हजार रुपैयाँसम्म दिन खोजेका थिए।

महाशाखाले कुनै प्रलोभनमा नपरी आर्थिक लाभ इन्कार गरेर संलग्नलाई नियमानुसार कारबाहीका दायरामा ल्याउने ती ट्राफिक प्रहरीलाई पुरस्कृतसमेत गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए। उनका अनुसार दिइएको जिम्मेवारी इमान्दारीसाथ निर्वाह गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरिएको छ। रासस

प्रकाशित: Oct 28, 2020| 14:05 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।