सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देहरादुनस्थित गुम्बामा ५९ नेपाली बालबालिकामाथि यातना

देहरादुनस्थित गुम्बामा ५९ नेपाली बालबालिकामाथि यातना

भारतको देहरादुनस्थित एउटा बौद्ध गुम्बाको आश्रममा कम्ती ५९ नेपाली बालबालिकामाथि निर्मम यातना दिइएको पाइएको छ।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

काठमाडौं- भारतको देहरादुनस्थित एउटा बौद्ध गुम्बाको आश्रममा कम्ती ५९ नेपाली बालबालिकामाथि निर्मम यातना दिइएको पाइएको छ।

खानाका विषयलाई लिएर गुम्बाका लामाले नेपाली बालबालिकामाथि यातना दिएको पीडित बालबालिकाका अभिभावकलाई उधृत गर्दै राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले जानकारी दिइन्। 

उनका अनुसार अभिभावकले बालबालिकाको उद्धारका लागि पहल गरिदिन सबैसँग अनुरोध गरेका छन्।

ती बालबालिका किन त्यहाँ पुर्याइए भन्ने  केही खुलाइएको छैन।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको बताएका छन्।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले दूतावासले खोजखबर गर्ने र थप केही जानकारी भए दूतावासका सम्बन्धित अधिकारीको मोबाइल नम्बर ९१८९२९६०१९२ मा खबर गरिदिन आग्रह गरेका छन्। 

प्रकाशित: Oct 28, 2020| 13:38 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।