सोमबार, भदौ १५, २०८३

प्रदेश १ मा ५५६ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५५६ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५५६ जना कोरोना संक्रमित थपिएका छन्।

मोरङमा २४२, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभामा ४, खोटाङ र तेह्रथुममा ३–३ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार विराटनगरमा १७१ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ६४ महिला र १०७ पुरुष छन्। मोरङको उर्लाबारीमा १३, सुन्दरहरैचामा १२, बेलबारीमा ९, पथरीशनिश्चरेमा ८, मिक्लाजुङमा ५, बुढीगंगा र रतुवामाईमा ४–४, सुनबर्षी र कटहरीमा ३–३, रंगेली, केराबारी, कानेपोखरी र लेटाङमा २–२, ग्रामथान र जहदामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सुनसरीको इटहरीमा ९७, धरानमा ६६, इनरुवामा २१, दुहवी, रामधुनी र गढीमा ३–३, बराहक्षेत्रमा २, बर्जु, देवानगञ्ज, कोशी र भोक्राहानरसिंहमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै झापाको दमकमा २७, मेचीनगरमा ११, गौरादह र विर्तामोडमा १०–१०, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ३, अर्जुनधारा, बुद्धशान्ति र कनकाईमा २–२, भद्रपुर र बाह्रदशीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

उदयपुरको चौदण्डीगएमा ३, कटारीमा २ र त्रियुगामा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, साँगुरीगढी र छथरमा १–१, संखुवासभाको चैनपुर र मकालुमा २–२, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ र स्थानीय तह नखुलेका २, तेह्रथुमको लालीगुराँसमा २ र म्याङलुङमा १ र प्रदेश १ बाहिरका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार २५० पुगेको छ।

प्रदेश १ मा बुधबार ६९५ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ६८०, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र मेची अस्पतालबाट ४ जना डिस्चार्ज भएका हुन्। हालसम्म १० हजार १३८ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा बुधबार १ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये २१९ महिला र ३३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

हालसम्म १ लाख ५६ हजार ५४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: Oct 28, 2020| 12:03 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।