बिहीबार, मंसिर १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • शक्तिको आडमा कार्यकर्ताको हत्या, उजुरी लिन मान्दैन प्रहरी

शक्तिको आडमा कार्यकर्ताको हत्या, उजुरी लिन मान्दैन प्रहरी

नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्याको छानबिनका लागि उजुरी दर्ताको माग गर्दै पर्सामा आज पनि प्रदर्शन जारी छ।
 |  बुधबार, कात्तिक १२, २०७७

जियालाल साह

जियालाल साह

बुधबार, कात्तिक १२, २०७७

पर्सा- नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्याको छानबिनका लागि उजुरी दर्ताको माग गर्दै पर्सामा आज पनि प्रदर्शन जारी छ।

National life

पर्साको बिन्दवासिनी गाउँपालिका प्रसौनीभाट्ठामा सपथ ग्रहण कार्यक्रममै झडप हुँदा अर्को पक्षको कुटाईबाट चौरसियाको मृत्यु भएको ६ दिन भैसक्दा पनि प्रहरीले उजुरीसमेत लिन मानेको छैन।

हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराउन खोज्दा प्रहरीले किटानी जाहेरीबाट पूर्व सांसद राजकुमार गुप्ताको नाम हटाए मात्रै उजुरी लिने भन्दै अस्वीकार गरिरहेकाे छ।

पूर्व एमाले र पूर्व माओवादीका रुपमा दुई खेमामा देखिएका नेकपा स्थानीय कार्यकर्ताबीचको मनमुटावका कारण जिल्ला कार्य समिति सदस्य चौरसियाको हत्या भएको पीडितहरुको भनाइ छ।

झडपमा मृत्यु भएका चौरसिया पूर्वमाओवादी तर्फका हुन्। उनको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी दर्ताका लागि पूर्व माओवादीतर्फका नेकपा कार्यकर्ताहरु दैनिक रुपमा प्रदर्शनमा उत्रिएका छन्।

Laxmi sunrise bank
kumari

चौरसियाको हत्याको छानबिन गर्न र दोषीलाई कारबाही गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाललेसमेत विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराइसकेका छन्।

जिल्लामा ६ दिनदेखि दैनिकजसो हुने प्रदर्शनमा नेता मत्रिका यादवसमेत सहभागी छन्।

हत्या प्रकरणमा पूर्व सांसद राजकुमार गुप्ताको डिजाइन रहेको भन्दै उनीमाथि समेत मुद्दा दर्ता गराउन पूर्व माओवादी खेमाका नेताहरुको माग छ। तर पूर्व एमाले खेमाका नेता भने गुप्ता बाहेकका व्यक्तिमाथि मुद्दा लगाउनुपर्ने अडानमा छन्। 

हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै दिएको उजुरी प्रहरीले दर्ता गर्न नमान्दा चौरियाको परिवार थप तनावमा परेको छ।

दैनिकजसो प्रदर्शनमा रहेका नेकपा कार्यकर्ताले मंगलबार जिल्ला प्रहरी कार्यालय अगाडि जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तको पुत्ला समेत जलाएर बिरोध प्रदर्शन गरेका थिए। 

प्रकाशित: Oct 28, 2020| 08:30 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।