सोमबार, भदौ १५, २०८३

२० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता 

नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन्।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

लमजुङ- नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालयबाट भारतीय चेली र नेपाली बुहारीलाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको हो। 

सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार आर्थिक वर्ष ०७२/०७३ देखि ०७६/०७७ माअङ्गीकृत नागरिकता दिइएको हो। 

वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा आव ०७६/०७७ मा पाँच, ०७५/०७६ मा ६ जना, ०७४/०७५ मा तीन, ०७३/०७४ दुई र  ०७२/०७३ मा चार जना रहेको जिप्रकाले जनाएको छ। 
   
संविधानमा वैवाहिक अङ्गीकृत र अङ्गीकृत गरी दुई प्रकारका अङ्गीकृत नागरिकता दिने व्यवस्था छ। एक प्रकारको जिप्रका र अर्को गृह मन्त्रालयबाटै वितरण हुने जिप्रकाले जनाएको छ। 

नयाँ नगारिकता ऐन बनेपछि भने हालसम्म २०४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिप्रकाको तथ्यांक छ। 

प्रकाशित: Oct 28, 2020| 08:10 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।