सोमबार, भदौ १५, २०८३

नेकपा केन्द्रीय कमिटी बैठक एक महिनाका लागि सर्‍यो

केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड १९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरि आगामी मंसिर १५ देखि १७ गते आयोजना गरिने नेकपाले जनाएको छ।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक सरेको छ।

१५ कात्तिक देखि १७ सम्म बोलाइएको केन्द्रीय कमिटीको बैठक  एक महिनाका लागि सारिएको हो।

नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति निकालेर बैठक सरेको जानकारी दिएका छन्।

केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड १९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरि आगामी मंसिर १५ देखि १७ गते आयोजना गरिने नेकपाले जनाएको छ।

२६ भदौंमा सम्पन्न भएको नेकपाको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।

प्रकाशित: Oct 28, 2020| 08:15 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।