काठमाडौं- दैलेखमा एक युवकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जना पक्राउ परेका छन्।
नौमुले गाउँपालिका १ राइले धनीगाउँ बस्ने ४० वर्षीय भबिन्द्र शाहीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।
भबिन्द्रलाई मंगलबार बेलुका ६ जना व्यक्तिहरुले कुटपिट गरी गम्भीर घाइते बनाएको खबरपछि जिल्ला प्रहरी कार्यालय दैलेख र ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको हो।
कुटपिटबाट गम्भीर घाइते भएका भबिन्द्रको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ पर्नेको नाम खुलाइएको छैन।