काठमाडौं- तत्कालीन राजप्रसाद सेवाका पूर्वप्रमुखसचिव रेवतीरमण खनाल निधन भएको छ।
कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ ८८ वर्षको उमेरमा निधन भएको हो।
मधुमेह र दमका रोगी खनालको काठमाडौं महानगरपालिका १३ कालीमाटीस्थित निवासमा निधन भएको पारीवारिक स्रोतले जनाएको छ।
मदन पुरस्कारसमेत पाइसकेका खनालले 'मुलुकी ऐन केही विवेचना', 'कर सम्बन्धी कानून', 'नेपालको कानूनी इतिहासको रुपरेखा', 'रिट निवेदन सिद्धान्त र विवेचना', 'विश्वका प्रमुख कानून प्रणाली', 'नेपालको कानूनी मस्यौदा'लगायत पुस्तक लेखेका छन्।
तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवा गरेका थिए। खनालका श्रीमती, दुई छोरा र एक छोरी छन्।