सोमबार, भदौ १५, २०८३

डोटीका स्थानीय तहमा विद्युत सेवा विस्तार हुँदै

जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौवटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा विस्तार गर्न थालेको छ। 
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

डोटी-जिल्लाको पूर्वीचौँकी गाउँपालिकाका नौवटै वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेसँगै अर्को स्थानीय तह आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा विस्तार गर्न थालेको छ। 

यहाँका स्थानीय तहले आफ्ना वडाहरुमा विद्युत सेवा विस्तारको होडबाजी नै चल्न थालेको छ। जनप्रतिनिधीको पहलमा जिल्लाका नौ स्थानीय तह मध्ये जोरायल, बडिकेदार, बोगटानफुड्सिल, सायल, पूर्वीचाँकी, केआइसिंह तथा आदर्श गाउँपालिकामा तीब्र रुपमा विद्युत विस्तारको काम भइरहेको डोटी साना जलविद्युत कार्यालयले जनाएको छ।

जिल्लाको आदर्श गाउँपालिका ५ लामिखालमा पोल गाढेको पाँच वर्षपछि विद्युत सेवा पुगेको छ। यहाँका करिव ४ सय घरधुरीले विद्युत् सेवा पाएका छन्। दसंको अवसर पारेर गाउँमा विद्युत सेवा बिस्तार गरिएपछि गाउँले खुसी भएका हुन्। 

पोलगाडेको वर्षौपछि गाउँपालिकाको विशेष पहलमा अहिले आएर राष्ट्रिय प्रसारणलाइनको विद्युत विस्तार गरिएको भन्दै स्थानीयबासीमा खुसियाली छाएको स्थानीय रमेशबहादुर साउदले जानकारी दिए।

विद्युत नहुँदा सल्लाको दियालो तथा टुकीका भरमा उज्यालो गर्दै आएका नागरिक गाउँमा विद्युत विस्तार भएपछि निकै खुसी भएको स्थानीय धनबहादुर नेपालीले बताए।  

प्रकाशित: Oct 28, 2020| 05:41 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।