सोमबार, भदौ १५, २०८३

दुई लाख नगदसहित कैलालीमा पाँच जुवाडे पक्राउ

कैलालीमा दुई लाख बढी नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।
 |  बुधबार, कात्तिक १२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १२, २०७७

धनगढी- कैलालीमा दुई लाख बढी नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका ६ स्थित कृष्णबहादुर खड्काको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा दुई लाख २३ हजार पाँच सय नगदसहित पाँँच जना जुवाडे पक्राउ परेको  प्रहरीले जनाएको छ। 

गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नगदसहित गौरीगंगा नगरपालिका वडा नम्बर ६ बस्ने ६० बर्षका भक्तबहादुर शाही, सोही ठाउँ बस्ने  ५२ वर्षीय बिरबहादुर साउँद, ४५ वर्षीय डम्मर शाही, ४२ वर्षीय रामबहादुर साउँद र  ३६ वर्षका रंग साउँदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

उनीहरुलाई  नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उनले बताए।
 

प्रकाशित: Oct 28, 2020| 04:54 बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।