हुम्ला- जिल्ला अस्पताल हुम्लाले मंगलबार ३२ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको छ।
कात्तिक २ गते स्वाब संकलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरीसहित उनीहरुको सम्पर्कमा आएकासहित ३२ जनाको स्वाब सुर्खेत पठाइएको हो।
पोजेटिभ देखिएका चार जनासहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज (बुधबार) विहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए।
हुम्लामा हालसम्म नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराले बताए।