विराटनगर– प्रदेश १ मा कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये ५३ प्रतिशत संक्रमणमुक्त भएका छन्। त्यसैगरी ८ हजार ७३ जना संक्रिय संक्रमित छन्।
तीमध्ये ७ हजार ४११ संक्रमित होम आइसोलेसनमा छन्। २७९ जना आइसोलसन केन्द्रहरुमा छन्।
सामाजिक विकास मन्त्रालयका अनुसार २८ जना आईसीयूमा, १२ जना भेन्टिलेटरमा र ३६ जना होटल आइसोलेसनमा छन्।
मंगलबारसम्ममा प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६९४ पुगेको छ। ९ हजार ४६६ जना डिस्चार्ज भएका छन्।
प्रदेश १ को मोरङमा सवैभन्दा बढी ८ हजार ४२६ कोरोना संक्रमित छन्। संक्रमितमध्ये ४ हजार ७४७ डिस्चार्ज भएका छन्।
सुनसरीमा ५ हजार ९५८ संक्रमतिमध्ये २ हजार ८०१, झापामा १ हजार ८८८ संक्रमण भएका मध्ये १ हजार ३९, उदयपुरमा २८७ मध्ये १७६, इलाममा १८१ मध्ये १०५, संखुवासभामा १५३ मध्ये ८४ जना डिस्चार्ज भएका छन्।
धनकुटामा ९५ मध्ये ६०, तेह्रथुममा ५५ मध्ये ३४, खोटाङमा ५१ मध्ये ३६, भोजपुरमा ४८ मध्ये ३६, पाँचथरमा ३८ मध्ये ३३, ताप्लेजुङमा ३५ मध्ये २४, ओखलढुङ्गामा ३५ मध्ये ३१, सोलुखुम्वुमा १७ मध्ये ९ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनसार प्रदेश १ बाहिरका ४२७ जना संक्रमित भएका छन्।
कोरोना संक्रमणबाट १७५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ महिला र १२३ पुरुष छन्।
मन्त्रालयका अनुसार मोरङमा ७०, सुनसरीमा ६३, झापामा १९, उदयपुर र तेह्रथुममा २–२, धनकुटा, इलाम, ताप्लेजुङमा १–१ जनाको मृत्यु भएको छ। प्रदेश १ बाहिरका १६ जनाको उपचारका क्रममा धरान र विराटनगरमा मृत्यु भएको छ।
प्रदेश १ मा १ लाख ५५ हजार २८५ जनाको पीसीआर परीक्षण गरिएको छ। पीसीआर परीक्षण गरेका मध्ये ११.३९ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ।