सिरहा- नेपाल पत्रकार महासंघ सिरहाका सदस्य कृष्णमोहन चौधरीको निधन भएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पत्रकार चौधरीको निधन भएको परिवारजनले जनाएको छ ।
सिरहा, सुखीपुर नगरपालिका –८ निवासी ३५ वर्षीय चौधरी केही दिनदेखि बिरामी थिए। उपचारकै क्रममा उनको निधन भएको सुखीपुरका पत्रकार रोयण्टर मण्डलले जानकारी दिए।