पाँचथर- मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि भारतको सिलिगुढी लगिएको छ।
१६ दिनअघि संक्रमित भएपछि उनी केही दिन होम आइसोलशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत थिए।
मधुमेहका बिरामी उनलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि मंगलबार साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ।