सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभरका संक्रमितमध्ये आधाभन्दा बढी बागमती प्रदेशमा

देशभरका संक्रमितमध्ये आधाभन्दा बढी बागमती प्रदेशमा

कोरोना भाइरसबाट देशभर कुल संक्रमितमध्ये बागमतीमा झन्डै ५२ प्रतिशत छन्।
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

काठमाडौं- कोरोना भाइरसबाट देशभर कुल संक्रमितमध्ये बागमतीमा झन्डै ५२ प्रतिशत छन्। बागमती प्रदेशमा संक्रमण दर तीव्र रहेकाले संख्या बढेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

देशभर आजसम्म एक लाख ६० हजार ४०० जनामा कोरोना संक्रमण भएको छ। यीमध्ये बागमतीमा कोरोना संक्रमितको संख्या ८२ हजार ८४० पुगेको छ।

देशभर एक लाख १८ हजार ८४३ संक्रमितको उपचार भइसकेको छ भने बागमतीमा ५७ हजार ९५५ जना कोरोनामुक्त भएका छन्।

देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित रहेकामा बागमतीमा यो संख्या  २४ हजार ४७० छ।

नेपालमा आजसम्म कोरोना संक्रमणबाट ८७६ जनाको मृत्यु भएको छ। यीमध्ये ४१५ जना बागमतीका छन्। आज देशभर १४ जनाको मृत्यु भएकामा बागमतीका ६ जना छन्। 

नेपालमा आज थप ५७० जनामा कोरोना भाइरस संक्रमण भएकामा बागमती प्रदेशमा प्रदेशमा २७३ जना नयाँ संक्रमित थपिएका छन्। तीमध्ये २५२ जना काठमाडौं उपत्यकाका छन्।

यस्तो छ प्रदेशको कोरोना संक्रमणको विस्तृत विवरण

प्रकाशित: Oct 27, 2020| 14:25 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।