सोमबार, भदौ १५, २०८३

चितवनमा थप एक संक्रमितको मृत्यु

चितवनमा थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ।
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

भरतपुर- चितवनमा थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो। 

श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना भएका उनको आज बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।

उनलई कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो। उनको अवस्था जटिल बन्दै गएपछि अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो।

मृतक पुरुष मधुमेहको समेत बिरामी थिए।

यसअघि आजै चितवनमा कोरोना संक्रमणबाट अन्य दुई जनाको मृत्यु भएको थियो। उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा  बारपाक सुलिकोट गाउँपालिका १ की १९ वर्षीया युवती र  भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुष छन्। 

प्रकाशित: Oct 27, 2020| 14:11 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।