सोमबार, भदौ १५, २०८३

चितवनमा कोरोना भाइरस संक्रमणबाट थप दुईको मृत्यु

चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । 
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

चितवन -  चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। 

गोरखा बारपाक सुलिकोट गाउँपालिका १ का १९ वर्षीया युवतीको मंगलबार दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

यही कात्तिक ६ गते श्वासप्रश्वासमा समस्या भई उनी अस्पतालको कोभिड आईसीयूमा भर्ना भएकी थिइन्। उनलाई कातिक ५ गते कोरोना पुष्टि भएको थियो। 

यस्तै भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका पौडेलले जानकारी दिए।

यही कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए। उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। -रासस

प्रकाशित: Oct 27, 2020| 13:16 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।