सोमबार, भदौ १५, २०८३

भारतीय सेनाध्यक्ष कार्तिक १९ मा नेपाल आउने

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिवसीय भ्रमणका लागि कार्तिक १९ गते नेपाल आउनु भएका छन्।
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

काठमाडौं- भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिवसीय भ्रमणका लागि कार्तिक १९ गते नेपाल आउनु भएका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नरवणे नेपाल भ्रमणमा आउन लागेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

नेपाली सेना र भारतीय सेनाबीच एक-अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ।

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। प्रधानसेनापति थापासँग जनरल नरवणेले औपचारिक भेटवार्ता र छलफल गर्नेछन्।

कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग जनरल नरवणेको अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता पौडेलले जानकारी दिए।

भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पणका साथै जङ्गी अड्डामा सम्मान गारद निरीक्षण गर्नेछन्। जनरल नरवणेको भ्रमण दल चार सदस्यीय रहने छ।

प्रकाशित: Oct 27, 2020| 12:23 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।