सोमबार, भदौ १५, २०८३

आज ५७० संक्रमित थपिए, ३१६८ जना डिस्चार्ज

 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५७० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २७२५ जनाको कोरोना परीक्षण गरिएकोमा ५७० जनाको रिपोर्ट पोजेटिभ आएको हो।

पछिल्लो पटक थपिएका संगै नेपालका कोरोना संक्रमितको कुल संख्या १ लाख ६० हजार ४०० पुगेको छ।

यस्तै नेपालमा कुल १४ लाख ६९४ जनाको पीसीआर परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाबाट ३ हजार १६८ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।

योसँगै कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको कुल संख्या १ लाख १८ हजार ८४३ पुगेको छ।

यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार रहेको छ। विभिन्न क्वारेन्टिनमा २ हजार ९३२ जना बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ।
 

प्रकाशित: Oct 27, 2020| 10:30 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।