धनगढी-अछाममा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
धारिलो हतियार प्रहारबाट ढकारी गाउँपालिका ३, चैतेखालीका २० वर्षीय देवेन्द्र थापाको मृत्यु भएको छ भने १५ वर्षीय ईन्द्र थापा घाईतेको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ढकारी गाउँपालिका ३, झ्याईसल्लाका ४२ वर्षीय नरेन्द्रबहादुर बूढालाई पक्राउ गरेको छ।
बूढाले प्रहार गरेको धारिलो हतियारबाट देवेन्द्रको मृत्यु भएको र ईन्द्र घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
आक्रमणमा परी घाईते भएका ईन्द्र थापाको कम्मरमुनिको भाग चलेको छैन। उनको मंगलसैनमा उपचार भइरहेको छ।
सोमवार राति साढे १२ बजे चैतेखालीबाट ढकारी जादै गरेका उनीहरुलाई बूढाले आक्रमण गरेको बताइएको छ।