सोमबार, भदौ १५, २०८३

ट्याक्सी दुर्घटनामा तीन जनाको निधन

खोटाङमा ट्याक्सी दुर्घट्ना हुँदा तीन जनाको ज्यान गएको छ। 
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

खोटाङ- खोटाङमा ट्याक्सी दुर्घट्ना हुँदा तीन जनाको ज्यान गएको छ। 

बराहपोखरी गाउँपालिका ६ मौवाबोटेका करिब ४५ वर्षीय दक्षुमन राई, ४० वर्षीय विसु राई र उदयपुर चौदण्डीगढी नगरपालिका ६ की २० वर्षीया बृहस्पती राईको मृत्यु भएको प्रहरीले जनाएको छ।  

घरमा आफन्तको मृत्यु भएपछि सोमबार साँझ बराहपोखरी गाउँपालिकाको बंशिलाघाटबाट मौवाबोटेतर्फ जाँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी दुर्घट्ना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।  

पौवासेराको बाघखोरभञ्ज्याङमा ट्याक्सी सडकबाट करिब २५० मिटर तल खसेको थियो। तीन जनाको घट्नास्थलमै मृत्यु भएको हो। 

प्रहरीका अनुशार उक्त दुर्घटनामा बृहस्पतीको नौ महिनाको बच्चा, उदयपुर चौदण्डीगढी नगरपालिका ६ कै छत्रबहादुर राई र दिपक परियार घाईते भएका छन्।  दक्षुमन र बिसु राईका हजुरबुवाको मृत्यु भएपछि घर जानेक्रममा उनीहरु सवारी दुर्घटनामा परेको वडाध्यक्ष फौदराज राईले बताए। 

प्रकाशित: Oct 27, 2020| 06:22 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।