धनगढी । कञ्चनपुरमा छोराले दाउले हिर्काउँदा आमा घाइते भएकी छिन्।
जिल्लाको भिमदत्त नगरपालिका ८, तिलाचौरीका २५ वर्षीय दिपक ऐरले ५५ वर्षीय आमा गंगादेवी ऐरलाई दाउले हिर्काएका हुन्।
सुस्त मनस्थितिका ऐरले सोमबार बेलुका आमाको टाउकोमा दाउले हिर्काएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले घाइते गंगादेवीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको बताए।
'गंगादेवीको टाउकोमा चोट लागेको छ,' प्रहरी नायव उपरीक्षक थापाक्षेत्रीले भने, 'दिपकलाई नियन्त्रणमा लिएका छौं।'