रुपन्देही- कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा थप दुई जनाको निधन भएको छ।
तिलोत्तमा ११ की ५० वर्षीया महिला र बुटवल १३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा निधन भएको हो।
कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोमबार राति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले बताए।
कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएर त्यही दिनदेखि अस्पताल भर्ना भएका बुटवलका पुरुषको आज (मंगलबार) बिहान ६ बजे मृत्यु भएको हो।