सोमबार, भदौ १५, २०८३

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा धनगढीमा एक जनाको मृत्यु भएको छ।
 |  मंगलबार, कात्तिक ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ११, २०७७

धनगढी- रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा धनगढीमा एक जनाको मृत्यु भएको छ।

सोमबार राती साढे ११ बजेतिर धनगढी–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते मोटरसाइकल चालकको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लालबहादुर रोकायाले बताए। 

से १ प ८७६१ को नम्बरको मोटरसाइकल से १ त ६१७ नम्बरको ट्रकमा ठोक्किदा मोटरसाईकल चालक घाईते भएका थिए।
मृतकको पहिचान खुलेको छैन। 

प्रहरी निरीक्षक रोकायाले भने, ुशव सेती प्रादेशिक अस्पतालमा राखिएको छ, उनको आफन्तको खोजी भैरहेको छ।ु

प्रकाशित: Oct 27, 2020| 03:17 मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।