सोमबार, भदौ १५, २०८३

जोडीलाई यती एअरलाइन्सको दसैं अफर

काठमाडौं- यती एयरलाइन्सले बडादसैंको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । 
 |  सोमबार, कात्तिक १०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०७७

काठमाडौं- यती एयरलाइन्सले बडादसैंको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । 

एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुमध्येबाट पाँज जना भाग्यशाली विजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको छ भने ‘लक्की ड्र’मार्फत् पहिलो हुने विजेताका एक जोडीलाई हिमालयन एयरलाइन्सको काठमाडौं—अबुधावी¬काठमाडौँको दुईतर्फी फ्रि टिकट प्राप्त हुनेछ । 

दोस्रो विजेताका एक जोडीका लागि चितवनको कसरा होटलमा, तेस्रो विजेता एक जोडीका लागि काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा र चौथो विजेता एक जोडीका लागि नोम्याड होटलमा एकरात निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको छ ।  

आफ्नो २२ औँ वार्षिक उत्सव मनाउने क्रममा एयरलाइन्सले विभिन्न आकर्षक अफरहरु घोषणा गर्दे आएको एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
 

प्रकाशित: Oct 26, 2020| 02:09 सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।