सोमबार, भदौ १५, २०८३

प्रधानमन्त्रीलाई सिकालीको प्रसाद हस्तान्तरण

प्रधानमन्त्री केपी  शर्मा ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आइतबार सिकाली जात्राको प्रसाद हस्तान्तरण गरेका छन्।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

काठमाडौं-  प्रधानमन्त्री केपी  शर्मा ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आइतबार सिकाली जात्राको प्रसाद हस्तान्तरण गरेका छन्।

प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका हुन्।

आइतबार बिहान खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवीदेवताका खलकले प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य र सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रसाद लगाइदिएका थिए। 

स्वास्थ्य सुरक्षाप्रति सचेत हुँदै प्रधानमन्त्री ओलीले देवता खलकको हातबाट प्रसाद भने ग्रहण गरेनन्।

सो अवसरमा नेकपा ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, खोकनावासीका तर्फबाट स्थानीय स्वयम्भूराज डंगोल, ललितपुर महानगरपालिका २१ का सदस्य ज्ञानभक्त डंगोललगायत सहभागी थिए। रासस

प्रकाशित: Oct 25, 2020| 13:29 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।