सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चौरसियाका हत्यारालाई कारबाही गर्न नेकपा अध्यक्ष दाहालको माग

चौरसियाका हत्यारालाई कारबाही गर्न नेकपा अध्यक्ष दाहालको माग

म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु। 
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

काठमाडौं-  सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पर्सा जिल्ला कमिटीका सदस्य मुकेश चौरसियाका हत्यारालाई अविलम्ब कारबाही गन सरकारसँग माग गरेका छन्।

आइतबार साँझ विज्ञप्ति जारी गर्दै दाहालले भनेका छन्, 'म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु।' 

हत्या जस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको दाहालको भनाइ छ।

उनले भनेका छन्, 'केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकल परिवारजनमा समवेदना प्रकट गर्दछु।' 

६ कात्तिकमा पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा भएका आक्रमणमा परी पार्टी जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसिया गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा मृत्यु भएको थियो।

नेकपा पर्सा जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्र्सना गर्दै चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कडा कारबाही गर्न माग गर्दै जारी गरिएको विज्ञप्तिमा आफ्नो समर्थन रहेको दाहालले स्पष्ट पारेका छन्।

घटनामा संलग्नहरुलाई कारबाहीको माग गर्दै धर्ना र प्रदर्शन भए पनि प्रहरीले अहिलेसम्म मुद्दा दायर गरेको छैन।

पार्टीका नेताकै आक्रमण गरी हत्या गरिएपछि घटनाको सत्यतथ्य बुझ्न नेकपाका स्थायी कमिटी सदस्य मातृका यादव, सुरेन्द्र पाण्डे सहितका नेताहरु पर्सा पुगेका थिए। 

केन्द्रको दबाबकै कारणले प्रहरीले अहिलेसम्म मुद्दा दायर नगरेको पीडित पक्षले आरोप लगाएका छन्।

आफ्नै कार्यकर्ताको हत्या हुँदा पनि दोषीलाई पक्राउ गरेर कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विज्ञप्ति जारी गरेर कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरिसकेकाे छ।

प्रकाशित: Oct 25, 2020| 13:06 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।