सोमबार, भदौ १५, २०८३

कान्द्रा नदीमा डुबेर एक बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीको कान्द्रा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन्।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

धनगढी- कैलालीको कान्द्रा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–५, सरैयाकी ११ वर्षीया अस्मिता ढुङ्गेल र ९ वर्षिया अर्चना बिष्ट नदीमा नुहाउने क्रममा डुबेका थिए।

घरबाट गोरु चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर अस्मिता ढुङ्गेलको ज्यान गएको हो। 

अर्चना विष्ट भने अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए।

बेपत्ता बालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेको उनले बताए। रासस

प्रकाशित: Oct 25, 2020| 11:40 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।