काठमाडौं- काठमाडौं उपत्यकाका ३ जिल्लामा आज १ हजार ५३५ कोरोना संक्रमित थपिएका छन्।
थपिएकामध्ये ६२९ जना महिला र ९०६ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उपत्यकामा ३ जिल्लामध्ये हाल काठमाडौंमा मात्रै १९ हजार ८२६ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै भक्तपुरमा १ हजार ४९४ र ललितपुरमा ४ हजार ४३० सक्रिय संक्रमित रहेका छन्।
सक्रिय संक्रमितमध्ये काठमाडौंमा १० हजार ५०१ जना भक्तपुरमा १ हजार ७१९ जना र ललितपुरमा २ हजार ६४३ जना होम आइसोलेसनमा छन्।
उपत्यकामा ३ जिल्लामा हालसम्म काठमाडौंमा १९३, भत्तपुरमा ५६ र ललितपुरमा ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।