सोमबार, भदौ १५, २०८३

आज २८५६ जनामा कोरोना पुष्टि, ३३३६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म १३ लाख ९३ हजार १७३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज ४५ हजार ५७२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ३२ हजार ५९३ जना होम आइसोलेसनमा छन् बाँकी संक्रमित संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

३ हजार ६४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

आज ३ हजार ३३६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ।
 

प्रकाशित: Oct 25, 2020| 10:23 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।