आइतबार, भदौ १४, २०८३

बाँकेबाट १५७ संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज

बाँकेका विभिन्न आइसोलेसनबाट आज (आइतबार) १५७ जना संक्रमितहरु कोरोनामुक्त भएर घर फर्किएका छन्।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

काठमाडौं- बाँकेका विभिन्न आइसोलेसनबाट आज (आइतबार) १५७ जना संक्रमितहरु कोरोनामुक्त भएर घर फर्किएका छन्।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार दसैंको पूर्वसन्ध्यामा १५७ संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन्।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले नवमीका दिन आइतबार बाँकेका ५९ महिला र ९८ पुरुष कोरोनामुक्त भई डिस्चार्ज भएको बताए।

उनले उनीहरुलाई असोज २५, २६ र २७ गते कोरोना संक्रमण देखिएपछि जिल्लाका विभिन्न आइसोलेसनमा राखेर निगरानी गरिएकोमा सबैको स्वास्थ्य सामान्य भएका कारण घर पठाइएको बताए।

सरकारले संक्रमितहरुमा पछिल्लो तीन दिनमा संक्रमणको लक्षण नदेखिएमा त्यस्ता व्यक्तिहरुलाई १० दिनमै डिस्चार्ज गर्ने र उनीहरू ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नु पर्ने मापदण्ड बनाएकोले सोही अनुसार डिस्चार्ज श्रेष्ठले जानकारी दिए।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ५१४ पुगेको छ।विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ४५१ जना अझैपनि उपचाररत छन्।

बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या दुई हजार ९७७ रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। 

यसैबीच जिल्लामा शनिवार र आइतबार बिहान गरेर ३५ जना संक्रमित थपिएका छन्। शनिबार भेरी लगायत जिल्लाका तीनवटै प्रयोगशालामा गरेर ३२ जना थपिएका थिए भने आइतबार विहान ३ जना थप थपिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ।

प्रकाशित: Oct 25, 2020| 10:10 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।