आइतबार, भदौ १४, २०८३

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

लहान- पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ।

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेको छ। 

दैनिक हजारौँ सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासी बताउँछन्। राजमार्गका ठाउँठाउँमा गरिएको कालोपत्रे गत असारसाउन महिनाको अविरल वर्षाका कारण भत्केको झण्डै तीन महिना बिते पनि टालटुलसमेत हुन सकेका छैन।

खासगरी पूर्वमा कटारी चोकदेखि पश्चिममा मिर्चैया थाना चोकसम्मका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ।

मिर्चैयाका थाना चोक, कटारी चोक र पश्चिम बस स्टेन्डमा रहेका ठुल्ठुला खाल्डाखुल्डीले पैदल आवतजावत गर्नसमेत समस्या भएको छ। 

सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको स्थानीय व्यापारी अशोक साह बताउँछन्। राजमार्गमा रहेका समस्या समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटकपटक जानकारी गराइए पनि कुनै चासो नदिएको व्यापारी साहको आरोप छ। राजमार्गका केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हुँदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्रे गरेर दिगो समाधान गर्नेतर्फ ध्यान नदिएको स्थानीयवासीको भनाइ छ।

वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुका साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नु परेको छ। मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाइ भइरहेको छ।

सडकमा जोखिम मोलेर भए पनि चालकले यातायात सेवा सञ्चालन गर्ने गरेका छन्। मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले सडकको दुर्दशाप्रति आफूहरु पनि चिन्तित रहेको जनाउँदै समस्या समाधानका लागि पहल भइरहेको बताए। रासस

प्रकाशित: Oct 25, 2020| 09:07 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।