शुक्रबार, फागुन २९, २०८२

काबुलमा आत्मघाती बम हमलाः ३० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलनजिकैको एक शैक्षिक संस्थालाई लक्षित गरि गरिएको आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको छ।  
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

काठमाडौं- अफगानिस्तानको राजधानी काबुलनजिकैको एक शैक्षिक संस्थालाई लक्षित गरि गरिएको आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जनाको ज्यान गएको छ।  

National life

विदेशी सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनलाई लक्षित गरेर भएको सो आत्मघाती आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको त्यहाँका अधिकारीहरुलाई उद्धृत गर्दै जनाएका छन्। 

शनिबार भएको सो हमलामा परी नै २२ जनाको मृत्यु भएको बताइएको थियो। आक्रमणमा परी कम्तीमा पनि ७० जना घाइते भएको बताइएको छ। आइतबार मृतकको संख्या बढेको हो ।

काबुलनजिकैको दश्त–ए–बार्ची क्षेत्रमा हमला भएको थियो। सो क्षेत्रमा शिया मुसलमानको बाक्लो बस्ती छ। सो स्थानको भवनलाई लक्षित गरी शनिबार आक्रमण भएको थियो।

एकजना आत्मघाती व्यक्तिले सो भवनमा पुगेर आक्रमण गराएको बताइएको छ। ती व्यक्ति आत्मघाती भएको थाहा पाएर सुरक्षाकर्मीहरुले रोक्न खोज्दाखोज्दै विस्फोट गराएको बताइएको छ।

Laxmi sunrise bank
kumari

त्यस आक्रमणको इस्लामिक स्टेटले आक्रमणको जिम्मा लिएको छ। उनीहरुले सामाजिक सन्जालमा एक सन्देश पोष्ट गर्दै सो आत्मघाती विस्फोटको जिम्मा लिएका हुन्।

पछिल्ला केही दिनमा अफगानिस्तानमा हिंसा बढेको छ। अधिकांश आक्रमण तालिबान समूहले गर्ने गरेको छ। तर यो पछिल्लो आक्रमणको भने स्लामिक स्टेटले जिम्मा लिएको छ।  

एता कतारको राजधानी दोहामा सरकार र तालिबान समूहबीच शान्ति वार्ता भइरहेको छ। तर यता अफगानिस्तानमा भने हिंसा रोकिएको छैन।

प्रकाशित: Oct 25, 2020| 08:48 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।