काठमाडौं- कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आइरहेको शुभकामना आदान प्रदान तथा चियापान समारोह यस वर्ष नगर्ने भएको छ।
कोरोना महामारीका कारण यो वर्ष कार्यक्रम आयोजना नगरिने भएको कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
विसं २०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको थियो।
हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण महामारीका कारण यस वर्षको कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने भएको हो।