आइतबार, भदौ १४, २०८३

प्रहरी प्रधान कार्यालयमा दसैंको मौलो पूजा 

प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा बडा दसैंको अवसरमा मौलो पूजा सम्पन्न भएको छ।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा बडा दसैंको अवसरमा मौलो पूजा सम्पन्न भएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले नेपाल प्रहरीले मनाउँदै आएको बडा दसैंका अवसरमा आज प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका हुन्। 

पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले निसानमा पञ्जा छाप लगाए। उनले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्द र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरे। 

पूजा विसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो। उक्त अवसरमा उपस्थितलाई पूजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो । 

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो। नेपाल प्रहरीले हरेक वर्ष बडादसैंको अवसरमा मौलो पूजा गर्दै आइरहेको छ।

प्रकाशित: Oct 25, 2020| 07:32 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।