काठमाडौं। ललितपुरको नख्खुस्थित सडकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक युवाको मृत्यु भएको छ।
सिरहा घर भई ललितपुुर महानगरपालिका १४ थसिखेल बस्ने २८ वर्षीय एलु घलेको मृत्यु भएको हो।
बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका घलेको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार जावलाखेल बस्ने मकवानपुर घर भएका २१ वर्षीय सजित परियारको सोही अस्पतालमा उपचार भइरहेको छ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।