भैरहवा– सरकारले बिरोधलाई पनि सुन्नुपर्ने कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले बताएका छन्।
सबै कुरा सत्यानाश भइनसकेको बताउदै उनले बिरोध, आलोचना र असन्तोषहरुको जिम्मा सरकारले लिनुपर्ने बताए।
भने, ‘असन्तोषहरूको जिम्मा हामी लिन्छौ, बिरोधहरुको जिम्मा लिन्छौ। आलोचनाहरुको जिम्मा लिनुपर्छ र बिरोधलाई केलाउनुपर्छ। केही नबुझेर गरेको बिरोध छ भने त्यसलाई बुझाउनुपर्छ। बुझाउने जिम्मा पनि हाम्रो हो, सरकारको हो। ठाडो जवाफ दिने होईन।’
उनले कुन्ठाग्रस्त भएर कसैले बिरोध गर्छ भने त्यसलाई त्यति ध्यान नदिए पनि हुने धारणा राखे। मन्त्री भुसालले समाजमा धेरै समस्या र असफलता हुने र मानवीय स्वभाव आफ्ना असफलता अरुमाथि थोपर्ने भएको पनि बताए।
उनले सरकारले ठिकठिकै काम गरेको पनि जिकिर गरे। भने, ‘हामी ठिकठिकै ठाउँमा छौ।’ पहिले भन्दा राम्रो भएको तर सोचे जस्तो अझै हुन नसकेको उनले बताए ।
रुपन्देहिको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ को नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री भुसालले स्थानीय सरकारलाई सबैभन्दा बलियो बनाउनेगरि संघीय सरकारले योजना ल्याउन थालेको पनि बताए।