काठमाडौं- जाजरकोटमा माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ।
छेडागाड नगरपालिका ३ दसेरामा माटो निकाल्ने क्रममा माटोको ढिस्काले पुरिएर स्थानीय ३० वर्षीया सितला जैसी र १६ वर्षीया आरती दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
४ जना महिला माटो निकाल्ने क्रममा माटोको ढिस्काले पुरिएर गम्भीर घाईते भएका थिए।
ईलाका प्रहरी कार्यालय दशेराबाट खटिएको प्रहरीले घाईतेहरुलाई उद्धार गरेर उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी दसेरा पठाएको थियो।
उपचारका क्रममा दुईजनाको मृत्यु भएको हो। ढिस्काले पुरिएर घाइते भएका अन्य २ जनालाई थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको छ।