आइतबार, भदौ १४, २०८३

एक महिनादेखि हुम्लामा टेलिफोन अवरुद्ध

हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। 
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

हुम्ला- हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। 

दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली र  सर्केगाड गाउँपालिकासहित छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकामा समेत टेलिफोनले काम गर्न छाडेको छ ।  
 
नेपाल टेलिकमले हुम्लाका सातै गाउँपालिकामा आफ्नो सेवा विस्तार गरे पनि भौगोलिक विकटताले टेलिकमको टेलिफोन सेवा प्रभावकारी नभएको यहाँका स्थानीयवासीको गुनासो छ। 

ताँजाकोट गाउँपालिकाको चिहिमा रहेको टावरले कुनै काम नगरेपछि नागरिक सञ्चार सेवाबाट वञ्चित छन्।

अदानचुली गाउँपालिकाका श्रीनगर र कालिकामा रहेका दुवै टावर गत असोज २० गतेदेखि सञ्चालनमा आउन सकेका छैनन् भने चंखेली गाउँपालिकाको मेल्छाममा भएको टावरले कुनै काम गरेको छैन। 

लकडाउनका समयमा आवतजावतका लागि सिफारिसलगायत आवश्यक कागजात मिलाएर मात्र आउनुपर्ने भएकाले बीचबाटामा सयौँ मानिसले कुर्नुपरेको छ। 

वर्ड लिंक कम्युनिकेशनले विस्तार गरेको गाउँपालिका र वडा कार्यालयमा रहेको इन्टररनेट सेवाले मात्र केही समस्या समाधान भएको अदानचुली २ का धर्मराज बोगटीले बताए। 

बडादसैंका मुखैमा एक महिनादेखि पूर्णरुपमा टेलिफोन नभएपछि सवारी सीमा पास, आपत्कालीन खाद्यान्न ढुवानी पास, आफन्तजनसँग कुराकानीलगायत काममा वाधा भएको छ। 

अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले आफूले पटकपटक टेलिकम केन्द्रीय कार्यालयमा गएर मर्मतका लागि ताकेता गरेको र  धेरै पटक पत्र पठाए पनि  मुगु जिल्लाको सोरुकोटमा ठूलो क्षमताको टावर राख्न लागेकाले  सानातिना टावरमा नलाग्ने भनी जवाफ दिएको बताए। 

टावर राख्ने भनिएको तीन वर्ष पूरा हुन लागे पनि यहाँको समस्या उस्तै छ।

फडेराले भने, ‘एक महिनादेखि घरमा पनि काम गरेको थिएन, आफ्नो कार्यकक्षमा पनि फोनले काम नगरेपछि हरेक दिन फोन गर्नकै लागि भए पनि अग्लो ठाउँमा सादा वा सामान्य मोबाइल लिएर जानुपथ्र्यो, अहिले त्यो पनि विकल्प छैन।’ 

गत असोज २१ गते  टेलिकमकै प्रतिनिधि राम खातीसहितको चार जनाको टोलीले चार दिन लगाएर मर्मत गरे पनि केही दिनसम्म बिहान २ देखि ४ बजेसम्म मात्र काम गरेको र त्यसपछि गर्न छाडेको  स्थानीयवासी बताउँछन्। 

यस्तै मुगु जिल्लाका सोरुस्थित भिई र सोरुकोटमा रहेका दुईवटै टावर पूर्णरुपमा अवरुद्ध हुँदा सोरु गाउँपालिकाबासी टेलिफोन सेवाबाट वञ्चित भएका छन्। 

प्रकाशित: Oct 25, 2020| 06:22 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।