मंगलबार, साउन १२, २०८३

सामसुङका अध्यक्ष लीको निधन

विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीका रुपमा स्थापित सामसुङका अध्यक्ष ली कुनहीको निधन भएको छ।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

काठमाडौं- विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीका रुपमा स्थापित सामसुङका अध्यक्ष ली कुनहीको निधन भएको छ।

आइतबार  ७८ वर्षीय लीको अस्पतालमा निधन भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

६ वर्षदेखि मुटु रोगी लीको उपचारकै क्रममा निधन भएको हो। 

‘सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुनहीको निधन भएको खबर निकै दुःखका साथ सम्प्रेषण गर्दछौँ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

सन् १९८७ मा सामसुङ ग्रुपको नेतृत्व लीले सम्हालेका थिए। उनका पिता ग्रुपका संस्थापक अध्यक्ष हुँदा कम्पनीले माछा तथा फलफूल निर्यात गर्ने गरेको थियो।  

पछि लीको नेतृत्वमा सामसुङ नाफा कमाउनेमध्ये विश्वकै ठूलो प्रविधि कम्पनीको रूपमा स्थापित भएको थियो। सामसुङका मोबाइल, ट्याबदेखि विभिन्न इलेक्ट्रोनिक सामानहरु विश्वबजारमा उपलब्ध छन्।

प्रकाशित: Oct 25, 2020| 04:41 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।