आइतबार, भदौ १४, २०८३

छोराले गरे आमाको हत्या

कञ्चनपुरमा छोराले आमाको हत्या गरेका छन्।जिल्लाको पुनर्वास नगरपालिका ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३० वर्षीय पप्पु वादीले ५७ वर्षीया आमा पार्वतीको हत्या गरेको प्रहरीले जनाएको छ।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

धनगढी- कञ्चनपुरमा छोराले आमाको हत्या गरेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३० वर्षीय पप्पु वादीले ५७ वर्षीया आमा पार्वतीको हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले शनिबार राती घरायसी विवाद हुँदा पप्पुले आमालाई कुटपिट गरी हत्या गरेको बताए।

छोराको कुटपिटबाट गम्भीर घाइते भएकी पार्वतीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए।

मृतकको शव पोष्टमार्टमका लागि सेती अस्पतालमा राखिएको छ। थापाले भने, ‘कुटपिट गरी हत्या गर्ने छोरालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ।’

मृतकको टाउकोमा गम्भीर चोट लागेको पाइएको छ। 

प्रकाशित: Oct 25, 2020| 04:22 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।