मंगलबार, साउन १२, २०८३

बिहारमा भोट माग्दै हिँडेका उम्मेदवारको हत्या

भारतको बिहारस्थित शिवहर जिल्लामा एक उम्मेदवारको हत्या भएको छ। जनता दल राष्ट्रवादी पार्टीका उम्मेदवारको गोली हानी हत्या भएको हो। 
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

भारतको बिहारस्थित शिवहर जिल्लामा एक उम्मेदवारको हत्या भएको छ। जनता दल राष्ट्रवादी पार्टीका उम्मेदवारको गोली हानी हत्या भएको हो। 

सो पार्टीका उम्मेदवार श्रीनारायण सिंहको चुनाव प्रचारकै क्रममा हत्या भएको बीबीसीले जनाएको छ। मृतक उम्मेदवार सिंहको आफ्नै पनि आपराधिक पृष्ठभूमि छ। 

आक्रमणकारीले नारायण सिंहका एक समर्थकको पनि हत्या गरेको छ। 

बिहारमा विधानसभाको चुनाव तीन चरणमा भइरहेको छ। पहिलो चरणमा २८ अक्टोबरमा मतदान हुँदैछ।


 

प्रकाशित: Oct 25, 2020| 02:06 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।