काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोरोना भाइरस संक्रमण देखिएको छ।
पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको उनले सामाजिक सञ्जाल मार्फत् जानकारी गराएका छन्।
नेता शर्माले केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क रहन र कुनै समस्या देखिएमा परीक्षण गरी ढुक्क हुन अनुरोध समेत गरेका छन्।