शुक्रबार, फागुन २९, २०८२

अफगानिस्तानमा आत्मघाती हमला, १८ विद्यार्थीको मृत्यु

अफगानिस्तानमा एक शिक्षण संस्थामा भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

अफगानिस्तानमा एक शिक्षण संस्थामा भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

National life

बीबीसीका अनुसार यो धमाका उच्च शिक्षाका कोर्सहरु सञ्चालन गर्ने एउटा निजी शिक्षण संस्था बाहिर भएको थियो। 

कैयौं घाइतेहरुलाई अस्पताल लगिएको छ। कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान छ।

इस्लामिक स्टेट समूहले सोसल मिडियामार्फत हमलाको जिम्मेवारी लिएको छ। तालिबानले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता तारिक एरियनका अनुसार हमलाकारीले भवनभित्रै विस्फोट गराउन खोजेका थिए तर सुरक्षाकर्मीले रोकेपछि गेटमै विस्फोट भएको हो। 

Laxmi sunrise bank
kumari

एक स्थानीयका अनुसार मृत्यु हुने अधिकांश भवनभित्र प्रवेश गर्न लागेका विद्यार्थीहरु छन्।  

यसअघि अगस्ट २०१८ मा भएको हमलामा ४८ जना मारिएका थिए, जसमा धेरैजसो विद्यार्थी नै थिए। 
 

प्रकाशित: Oct 25, 2020| 01:27 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।