आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट बागमतीमा एकै दिन १० को मृत्यु, मृतकको संख्या ३९८ पुग्यो

कोरोनाबाट बागमतीमा एकै दिन १० को मृत्यु, मृतकको संख्या ३९८ पुग्यो

मृत्यु हुनेमा काठमाडौंका ६ तथा भक्तपुर, धादिङ, ललितपुर र नुवाकोटका एकएक जना छन्।
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

काठमाडौं- बागमती प्रदेशमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका ६ तथा भक्तपुर, धादिङ, ललितपुर र नुवाकोटका एकएक जना छन्।

योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या३९८ पुगेको छ।  

बागमतीमा कोरोना संक्रमितको संख्या ७९ हजार ६६१ पुगेको छ।

तीमध्ये ५० हजार ७४९ जना कोरोनामुक्त भएका छन्। २८ हजार ५१४ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। 

उपचार गराइरहेका मध्ये ५८ जना भेन्टिलेटरमा छन् भने २३५ जना आईसीयूमा छन्। 

प्रदेशमा आज एक हजार २१७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

यस्तो छ बागमतीमा कोरोना संक्रमितको जिल्लागत विवरण

काठमाडौं ५५,०७२
ललितपुर ७,७८५
भक्तपर ५,१२६
रसुवा ७५
नुवाकोट ५१५
धादिङ  १०७७
चितवन ४,११६
सिन्धुली ३५३
मकवानपुर २,९७३
रामेछाप ३३६
दोलखा २६१
काभ्रे १४६९
सिन्धुपाल्चोक ५०३

प्रकाशित: Oct 24, 2020| 15:30 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।