आइतबार, भदौ १४, २०८३

डुबेर विभिन्न ठाउँमा ५ जनाको मृत्यु

महोत्तरी, कपिलवस्तु, दाङ र बाँकेमा डुबेर पाँच जनाको मृत्यु भएको छ।
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

काठमाडौं- महोत्तरी, कपिलवस्तु, दाङ र बाँकेमा डुबेर पाँच जनाको मृत्यु भएको छ।

महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भमरपुरामा ८ वर्षीय अमन यादवको पोखरीमा खेल्ने क्रममा डुबेर आज मृत्यु भएको छ।

सानीआमाको घरमा प्रसाद खान गएको बेला पोखरीमा खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ५ इट्रोलस्थित मठ्ठखनौवा पोखरीमा डुबेर आज २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका ५ इट्रोल बस्ने ३२ वर्षीय अशोक कुमार पाठक र २६ वर्षीय करमहंश पाठक रहेका छन्।

पूजामा चढाउने कमलको फूल टिप्न गएको अवस्थामा उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

उता बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १३ बुलबुलियामा ७ वर्षीय बालक समिर खाँको घर नजिकै रहेको खाल्डोमा डुबेर मृत्यु भएको छ। घरदेखि ५ मिटर टाढा पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

दाङको घोराही उपमहानगरपालिका १७ बरगदीका ३८ वर्षीय धन प्रसाद बुढाथोकीको बरगदी आरोग्य ड्यामको पानीमा डुबेर मृत्यु भएको छ। केहीदिनदेखि घरबाट हराइरहेका उनको ड्याममा डुबेको अवस्थामा शव भेटिएको हो।

प्रकाशित: Oct 24, 2020| 12:05 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।