काठमाडौं- जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकनाले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ।
विरुवा गाउँपालिका २ बेसारेडाँडा बस्ने ५० वर्षीय तुल बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
गुरुङको घरमा अवैध रुपमा हातहतियार लुकाइराखेको भन्ने सूचनापछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले गुरुङको कोठा तलासी गर्दा बन्दुक फेला परेको हो।
हतियारसहित पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।