सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा कार्यकर्ताबीच कुटाकुट प्रकरण : मुद्दा दर्ताको माग गर्दै प्रदर्शन

नेकपा कार्यकर्ताबीच कुटाकुट प्रकरण : मुद्दा दर्ताको माग गर्दै प्रदर्शन

पर्सामा नेकपा कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका मुकेश चौरसिया हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रर्दशन भएको छ।
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

वीरगंज- पर्सामा नेकपा कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका मुकेश चौरसिया हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रर्दशन भएको छ।

पर्सा प्रहरीले अनुसन्धानका लागि निवेदनसमेत दर्ता गर्न नमानेपछि चौरसियाका परिवार तथा नेकपा अध्यक्ष प्रचण्ड निकटका नेता–कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका हुन्।

किटानी जाहेरीमा नाम हेरफेर गर्नुपर्ने भन्दै पर्सा प्रहरीले जाहेरी लिन नमानेपछि आज पनि प्रदर्शन भएको हो।

बिहीबार विन्दवासीनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीमा शपथ ग्रहण कार्यक्रम भइरहेको बेला तत्कालीन माओवादी र एमाले समूहबीच भएको झडपमा वडा नम्बर २ का नेकपा गाउँपालिका पार्टी सचिव मुकेश चौरसिया गम्भीर घाइते भएका थिए।

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा हिजो बिहान न्यूरो हस्पिटलमा मृत्यु भएको थियो।

घटनापछि केन्द्रीय नेतासमेत पर्सा पुगेका थिए। नेकपाका स्थायी कमिटी सदस्य मात्रिका यादव, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्व मन्त्री नागेन्द्र चौधरीलगायत नेताहरु पर्सा पुगेका थिए।
 

प्रकाशित: Oct 24, 2020| 11:40 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।